विराटनगर । मोरङको कटहरी–४ का कोपिन्द्र सिंह हरेक साल टमाटर, कोबि, बोडीलगायत तरकारी खेति लगाउछन् । परम्परागत खेतीभन्दा माथी उठेर गरिएको उनको कृषिकर्मबाट वर्षेनी करिब ४ आम्दानी पनि हुन्छ ।
तर, गत चैत्र ११ मा कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै उनको व्यवसाय ओरालो लागेको छ । लकडाउन खुलेसँगै सामान्य अवस्थामा जनजीवन फर्किएपछि कृषिउत्पादनले बजार पाउने आशमा रहेका उनलाई कहि समय अगाडि परेको असिनाले थप निरास बनाएको छ ।
‘पोहोर साल लकडाउनको समय तकारी धेरै नष्ट भयो, एक रुपैयाँ केजी टमाटर दिँदासमेत बिक्रि भएन’, उनले भने, ‘यो वर्ष असिनाले सखाप बनायो ।’ खेती उनीहरुको पुख्र्यौली पेसा हो । बाउबाजेले पुस्तौंदेखि गर्दै आएको पेसा, व्यवसायलाई थोरै परिमार्जित गरेर खेती गर्न सुरु गरेको बताउने उनको सिंगो परिवार त्यसमैमा निर्भर छ । उनी भन्छन्, ‘त्यो पनि कोरोना र असिनाले सक्यो, बेलाबेला त पेसा नै परिवर्तन गर्न मन लाग्छ ।’
लामो समय वैदेशिक रोजगारीका लागि खाडीमा बसेर आफ्नै देशमा केही गरौँ भन्ने सोँच लिएर नेपाल फर्किएका थिए, कोपिन्द्र । पुख्र्यौली पेसालाई आधुनिकिकरण गरेर निरन्तरता दिने सोच राखेका उनलाई डेढ वर्षयता कृषि व्यवसायबाट नैराश्यता छाएको छ । ४ कठ्ठामा बन्दाकोबी, ५ कठ्ठामा लौका, एक विगाहामा टमाटर लगायतका उनको खेती असिनाले नष्ट पारेको छ । टमाटर, काँक्रा, बन्दालगायतमा असिनाको चोटका कारण खेतैमा तरकारी सुक्दै गएको छ । स्थानीय कृषक र स्थानीय बजारबीचको समन्वय अभावका कारण र विचौलियाहरु हावी हुँदा कृषकहरुले समस्या झेल्नु परेको बउनी बताउँछन् ।
कटहरी ४ कै सञ्जय सिंहले पनि बैंकबाट कर्जा लिएर टमाटर, काँक्रा, घिरौँला खेती लगाएका थिए । उनलाई पोहोर सालको लकडाउन र केहि समय अगाडि परेको असिनाले तरकारीको चिन्ता भन्दा पनि बैंकको ऋणको चिन्ताले सताएको छ । उनले जग्गा ठेक्का लिएर १३ कठ्ठामा टमाटर, ५ कठ्ठामा काँक्रा, ४ कठ्ठामा घिरौँलालगायतका तरकारीको खेती लगाएका थिए ।
गत वर्ष लकडाउनले थलिएको कृषि उत्पादन यो वर्ष उठ्ला कि आशा राखेका किसानलाई असिनाले निरास बनाएको छ । ‘पोहोरको कर्जा चुक्ता गर्न सकेको छैन, यो वर्ष अवस्था सामान्य होला की भन्ने लागेर कर्जा थप गरेको फेरी असिनाले तकारी सखाप बनायो’, उनी थप्छन्, ‘अब फेरि लकडाउन हुने हल्ला छ, छोराछोरी कसरी पाल्ने ?’
मोरङ, झापा, सुनसरीलगायतका स्थानमा भारतबाट आयात भएको तरकारीको प्रभाबले स्थानीय उत्पादनले बजार पाउन समस्या छ । भारतमा किसानले अनुदान पाएर गरेको उत्पादन लागत कम पर्ने तर उहाँ उत्पादन लागत धेरै हुने भएकोले प्रतिष्पर्धा गर्न नसकिने किसानहरु बताउँछन् ।
लकडाउनले गरिखाने वर्गलाई असहज भएको नै थियो तर असिनाले तरकारी खेती क्षति गर्न जाँगर मर्दै गएको किसानहक्रु बताउँछन् । सरकारले भने कृषकहरुले दावी गरेजस्तो क्षति असिनाले नगरेको जिकिर गरेको छ ।
कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत रामदेव सिंहले प्रदेश १ को केही जिल्लाहरुमा मात्रै असिनाले क्षति पु¥याएको दावी गर्दै क्षतिपूर्तीको विषय प्रदेश मन्त्रालयको अधिकार क्षेत्रमा रहेकोले आपूmहरुले केहि गर्न नसकेको बताए । ‘हामीले कृषकहरुको विवरण मागेर मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने, ‘यो विषयमा मन्त्रालयले गर्छ, थाहा छैन ।’
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर रानाले असिनाले तरकारी बाली नोक्सान भएको जानकारी आएको बताउँदै तरकारी जोनमा भएको क्षतिको क्षतिपूर्तीका लागि केन्द्रीय सरकारले नै व्यवस्था गर्नुपर्ने बताए । राहतको बारेमा मन्त्रालयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
मन्त्री रानाले स्थानीय कृषकहरुले आफै मार्केटिङ गर्ने सहकारी बनाएर संगठित बजारको व्यवस्थापन गरे तरकारी ढुवानी सेवामा सहयोग गर्ने बताएका छन् । विचौलियाहरुलाई पूर्णरुपले नियन्त्रण गर्न सकिने परिस्थिति बनिनसकेको भन्दै उनले विचौलियाहरुको विकल्पमा किसानहरु मिलेर सहकारी बनाउन सुझाब दिएका छन् ।