असिना पानीले जस्तामा प्वाल पारेपछि…

उर्लाबारी । मोरङको उर्लाबारी–२ मा बिहीबार साँझ परेको असिना पानीले ठूलो क्षति पु¥याएको छ ।

उर्लाबारी वडा नं. २ को भुसी, जन टोल, सिरुझारलगायत क्षेत्रमा ठूलो क्षति गरेको होे । उक्त क्षेत्रमा ६० विघाभन्दा बढीमा लगाइएको मकैबारी, सूर्यमुखी फुललगायत नष्ट भएको छ भने १ सय ५० भन्दा बढी घरको जस्ता कामै नलाग्ने गरी क्षति पु¥याएको छ ।

उर्लाबारी–२ भुसीका जंगे धिमालको घरमा लगाइएका जस्ता असिनाले प्वालैप्वाल बनाएको छ भने मकैबारी र सूर्यमुखी खेती पनि पूर्ण रुपमा नष्ट गरेको छ । त्यस्तै, सोही ठाउँका गोविन्दबहादुर कार्कीको ३ विघामा लगाइएको मकैबारी असिना पानीले नष्ट गरेको छ भने घरको जस्तामा पनि प्वाल परेका छन् । त्यस्तै, सोही ठाउँका सम्झना दनुवार, कविता थापा, नारायण धिमाल, सिंह धिमाललगायत ७० भन्दा बढीको घरमा लगाइएका टिन असिनाले प्वाल पारिदिएको छ ।

त्यस्तै, जनटोलका इन्द्रदेवी जगेबु, कृष्ण निरौला, दिलबहादुर धिमाल,हरिबहादुर बोहोरा, जर्गबहादुर थापा, राजु थापा, सपकुमार धिमाल, पात्रेलाल धिमाललगायत ६० घरमा क्षति पुगेको छ । यस्तै, सिरुझार क्षेत्रमा पनि क्षति पुगेको छ । आर्थिक स्थिति हुनेहरुले असिनाले क्षति गरेका जस्ता हटाएर नयाँ जस्ता छाउन थालेपनि दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका परिवारले स्थानीय सरकारसँग हारगुहार मागिरहेका छन् ।

स्थलगत निरीक्षणमा भेटिनु भएकी उर्लाबारी नगरपालिका वडा नं. २ की सदस्य बानु सुब्बाले असिना पानीले वडा नं. २ मा लाखौंको क्षति पुगेको जानकारी दिनुभयो । असिना पानीले मकैबासी, सूर्यमुखी फुल, घरका जस्तालगायतमा ठूलो क्षति गरेको उहाँको भनाई छ । उहाँले पीडितहरुको तथ्यांक संकलन गरिएको र त्यसलाई उर्लाबारी नगरपालिकासम्म पु¥याउने उहाँले बताउनुभयो । उहाँले राहतका लागि पहलसमेत गर्ने आश्वासन दिनुभयो ।

शुक्रबार, ०३ बैशाख, २०७८, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर