विराट गोल्डकप : आज संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुँदै

विराटनगर । विराटनगरस्थित सहिद रंगशालामा जारी विराट गोल्टकपमा आज संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साँझ हुने प्रतियोगिता रोमाञ्चक हुने विश्वास गरिएको छ । आजको खेलमा सहभागी हुने संकटाले पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।

यसैबीच सोमबार सम्पन्न प्रतियोगिताबाट विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । हिंजोको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपिएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै समेफाइनलको यात्रा सुरक्षीत गरेको छ ।

नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले किलियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए ।

पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । खेलको १९ औं मिनेटमा एपीएफका मनी लामाले डिबक्स बाहिर देखि गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामलो पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा बराबारी हुनबाट चुक्यो ।

दोस्रो हाफदेखि एक गोलले एपीएफले अग्रता लिएपछि प्रहरीले थप आक्रामक खेल्यो । प्रहरीले एक गोल खाएपछि दबावमा पर्दा दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए । साविक विजेता प्रहरीले दोस्रो हाफदेखि पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा खेल बराबारी हुनबाट चुक्यो । खेलको अन्त्य तिर ९० मिनेटमा एपीएफका सुमन लामाले डिबक्स देखि बललाई एक्लै अगाडी बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमेको जितको लागि सुनिश्चित बन्यो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा सुमनले बललाई एक्दै अगाडी बढाएर गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतको कारणले विभागिय टिमललाई हराएको बताए । प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरको कारणले गर्दा हार भएको बताए ।

मङ्गलबार, ३१ चैत, २०७७, बिहानको ०९:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर