रेडक्रस सभापति ठगी आरोपमा पक्राउ

८ लाख रुपैयाँको ब्याज र स्याज जोड्दा ८० लाख माग, पैसा दिएमात्र जग्गा फिर्ता दिने अडान कसेपछि प्रहरीमा उजुरी

विराटनगर । मोरङको रंगेली रेडक्रस सोसाइटीको सभापति तथा पूर्वशिक्षक विनोद मण्डल ठगी आरोपमा पक्राउ परेका छन् । रंगेली नगरपालिका ६ मधुवनी घर भएका ५५ वर्षीय बिनोद मण्डल ठगी आरोपमा पक्राउ परेका हुन् ।

गैरकानूनी मानिएको मिटरब्याजमा ८ लाख रूपैयाँ ऋण दिएर ७५ लाख रूपैयाँ असुल्न खोज्दा उनी फक्राउ परेको प्रहरीले जनाएको छ । उनी रंगेलीस्थित पब्लिक मावि स्कूलका रिटायर शिक्षक हुन् । रंगेली बजारदेखि पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले ठगी मुद्दामा आइतबार पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

उनले गरैकानूनी मानिएको मिटरब्याजमा लगानी गरि पैसा असुली गरि गाउँका सर्वसाधरणलाई ‘टाट’ पल्टाएको आरोप लागेको छ । ‘ठगीमा परेको उजुरी आएपछि पक्राउ गरिएको हो,’ एसपी खड्काले भन्नुभयो, ‘अहिले म्याद थप गरि अनुसन्धान भइरहेको छ ।’ हालसम्म एक जनाबाट ठगीमा परेको उजुरी आएको छ । पक्राउ परेका मण्डलबाट अरु पनि ठगीमा परेको हुनसक्ने भएकोले प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ ।

मण्डलले रंगेली ५ का श्याम नारयण मण्डललाई चार वर्षयतादेखि विभिन्न मितिमा जग्गा धितोमा राखेर ८ लाख रुपैयाँ ऋण दिएका थिए । श्याम नारायणले छोरीको नाममा रंगेलीको आपगाछीमा रहेको किता नम्बर ७० र १८ नम्बरको ३ बिघा जग्गा मण्डलको नाममा नामसारी गरेपछि २०७१ साउन १ गतेदेखि ०७५ चैत २८ गतेसम्म ८ लाख रुपैयाँ ऋण दिए । ‘लिएको ऋणको ब्याजसहित श्याम नारायणले मण्डललाई ८ लाख रुपैयाँ दिए । तर जग्गा फिर्ता दिएनन् । ब्याजको स्याज जोड्दा ७ लाखको ८० लाख भयो । ७५ लाख रुपैयाँ दिए मात्र जग्गा फिर्ता दिने अडान कसेपछि बाध्य भएर प्रहरीमा उजुरी गरेको हो,’ जाहेरीमा उल्लेख छ ।

ठगी आरोपमा पक्राउ परेका मण्डललाई प्रहरीले पक्राउ गरेपछि मिलापत्र गराउन काँग्रेसको जिल्लादेखि केन्द्रीय नेताहरूले दबाव दिएको थियो । मोरङ प्रहरीले दबावको बिच ओरोपीलाई पक्राउ गरि म्याद गरि अनुसन्धान अगाडि बढाएको सुरक्षा स्रोतको भनाइ छ । मण्डल काँग्रेस निटक भएकोले उनलाई छुटाउन काँग्रेसका नेताहरू लागेका थिए ।

मिटरब्याजमा लगानी गरि सर्वसाधरण ‘टाट’ पल्टाउने गिरोहहरूलाई प्रहरीले पक्राउ गर्न थालेपछि विराटनगरका अन्य मिटरब्याजीहरू फरार भएका छन् । मोरङ प्रहरीले मिटरब्याजमा लगानी गरि अवैध धन्दा संचालन गर्ने एक पछि अर्को गर्दै गिरोहहरू धमाधम पक्राउ गर्न थालोको छ ।
यसअघि विराटनगरका कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दै आएको छ । २९ मंसिरमा पक्राउ गरेको मन्टुले १७ जना मिटरब्याजमा लगानी गरि करोडौंं रुपैयाँ असुली गरेको खुलेको छ । मन्टुबाट पीडित भएका विराटनगर, मोरङको धनपालथान, जहदा गाउँपालिका, रङ्गेली र रतुवामाई नगरपालिकाका छन् । मन्टु पक्राउ गरेपछि विराटनगर ९ घोघापुलचौकका एजाज अहमद पक्राउ परेका थिए ।

गुण्डागर्दीबाट मिटरब्याजमा लगानि गरि अपराधिक लाभ लिएको आरोपमा पक्राउ परेका एजाज आइतबार मोरङ अदालतबाट पाँच लाख धरौटीमा रिहा भएका छन् । एजाजका अन्य तीन जना सहयोगी फरार छन् । फरार हुनेहरुमा विराटनगरका ९ का ३५ वर्षीय तनवीर खान, सोही ठाउँका ३५ वर्षीय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षीय सावन दास छन् । उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसा असुल्न यातनासम्म दिने गरेको आरोप छ । त्यही भएर उनीहरूलाई प्रहरीले प्रतिवादी बनाएको हो ।

सोमबार, ०५ माघ, २०७७, रातीको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर