विराटनगर । प्रदेश १ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
भण्डारीको काम सचेतक सौभाग्यवती राईले गर्ने निर्णय भएको स्रोतको भनाइ छ । यस्तै बैठकले प्रदेशसभा कार्यब्यबस्था समितिमा बुद्धिकुमार राजभण्डारी र इन्द्रमणी पराजुलीलाई फिर्ता बोलाएर लिलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाउने निर्णय पनि गरेको छ ।
यसैगरी संसदीय दलले संसदीय दल बोर्ड पनि गठन गरेको छ । बोर्डमा संसदीय दलका नेता भीम आचार्य, उपनेता टंक आङ्बुहाङ, सचेतक शौभाग्यवती राई, अन्य नेताहरु राजेन्द्र राई, धिरेन्द्र शर्मा (रमण), इन्द्रबहादुर आङ्बो (मौसम), जीवन घिमिरे रहेका छन् भने सदस्यसचिवमा तुलसी न्यौपाने रहेका छन् । बोर्डमा संसदीय दलका नेता, उपनेता र सचेतक पदेन सदस्य रहने छन् भने पार्टीका केन्द्रीय सदस्य र सांसदहरुमध्येबाट ११ जनालाई अन्य सदस्यको रुपमा छानिएको हो ।