२५ करोड लगानीमा उर्लाबारीमा फनपार्क एण्ड रिसोर्ट

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ८ मा सुविधा सम्पन्न एभरेष्ट फनपार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ ।

रिसोर्टको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । फनपार्क र रिसोर्ट करिब साढे सात विगाह क्षेत्रफलमा फैलिएको प्रालिका अध्यक्ष तिलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उक्त फनपार्क र रिसोर्ट निर्माणका लागि हालसम्म १५ करोड खर्च भइसकेको र थप १० करोड गरी कुल २५ करोड रुपैयाँ लागत लाग्ने उहाँको भनाइ छ ।

उक्त रिसोर्टमा सेमिनार, बैठक, विवाह, पार्टी, बर्थ डे लगायतका सुविधाहरु प्रदान गरिने सञ्चालक सदस्य हेमराज गुरुङले जानकारी दिनुभयो । रिसोर्टमा भेज र ननभेज गरी ३५ किसिमका परिकार तयार गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय १४ जनाको संयुक्त लगानीमा सञ्चालन गरिएको त्यस स्थानमा आगामी वैशाखदेखि फनपार्क सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

होटल, रेष्टुरेण्ट, लज, बार, स्वीमिङ पुललगायतका सेवाहरु उपलब्ध रहेको अर्का सञ्चालक सदस्य इन्द्र आङबुहाङले बताउनु भयो । युवायुवतीहरुका लागि फोटो सेल्फी र बच्चाहरुको खेलतामासा समेत सञ्चालन गरिएको छ भने रिसोर्ट परिसरमा अग्र्यांनिक तरकारी खेती, माछा तथा बंगुरपालनको योजनासमेत ल्याइएको छ ।

शनिबार, १८ पुष, २०७७, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर