मुख्यमन्त्रीले नैतिकताको हिसाबले राजिनामा दिनुपर्दछः आङ्बो

विराटनगर । १ नम्बर प्रदेश सभा सदस्य तथा नेकपा नेता इन्द्र आङ्बो मौसमले मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्ताब दर्ता भएकोले राजिनामा दिएर मार्गप्रश्स्त गरिनु अहिलेको उपयुक्त समय भएको बताउनु भएको छ ।

आङ्बोको अगुवाइमा आज मुख्यमन्त्री राई विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि संचारकर्मीहरू कुराकानी गर्दै उनले यस्तो बताउनु भएको हो । संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिएर मार्गप्रशस्त गरिनु नै उपयुक्त हुने उहाँले बताउनु भयो । ‘संसदमा विश्वास गर्ने बहुमत सदस्य मुख्यमन्त्रीको विपक्षीमा उभिनु भएको छ । त्यही भएर हामी प्रदेशसभा सदस्य मुख्यमन्त्री राईले राजिनामा दिन सुझाव दिन चाहन्छौं,’ आङ्बोले भन्नुभयो, ‘अब नयाँ सरकारको निर्माणको लागि आवश्यक तयारी गरि अगाडि बढ्नेछौं ।’

मुख्यमन्त्री राई विरूद्ध अविश्वासको प्रस्ताब दर्ता भइसकेकोले प्रदेश सरकार कामचलाउ मात्र भएको उहाँले बताउनु भयो । ‘मुलबुत रुपमा प्रदेश सरकार काम चलाउ भएको छ । सरकारले विश्वासको मत गुमाएको छ । दलमा पनि संसदीय दलको नेताको रूपमा विश्वासको मत गुमाउनुभयो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले कुनै पनि महत्वको निर्णय गर्नु हँुदैन । यो सरकारको वैधता समाप्त भयो ।’

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएकोले सरकारको तर्फबाट कुनै पनि महत्वपूर्ण निर्णय गर्न नहुने उहाँले बताउनु भयो । ‘मुख्यमन्त्रीमा नैतिकता छ भने अहिले राजिनामा दिनुपर्ने हो,’ उहाँले भन्नुभयो, ‘नभए १५ दिन भित्रमा अविश्वासको प्रस्ताव फेस गर्नुपर्ने हुन्थ्यो । तर, मुख्यमन्त्री आफ्नो कार्यकाल लोभ्याउन लाग्नुभयो ।’  आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद बैठकले १ नम्बर प्रदेश सभाको बैठक माघ ७ गते बोलाउने निर्णय गरेको छ ।

आइतबार, १२ पुष, २०७७, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर