विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले शुक्रबार पनि विराटनगरमा विरोध प्रदर्शन जारी राखेको छ ।
असंवैधानिक कदम खारेज गर्न माग गर्दै जसपाले नारा जुलुस सहित विराटनगर बजार परिक्रमा गरेको थियो ।जसपाका केन्द्रीय सदस्यहरु जयराम यादव, तेजलाल कर्ण लगायतका नेताहरुको अगुवाईमा विराटनगरमा विरोध प्रदर्शन भइरहेको छ ।
जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसलाई खारेज नगरे सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनु पर्ने मत राख्दै आएको छ । उसले सरकारको कमदका विरुद्ध जनपरिचालन गर्दै विरोधलाई सशक्त बनाउदै लगेको छ ।