उपभोक्तालाई व्याक्टेरिया मलको बिउ वितरण

जाँते । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई सूक्ष्म व्यक्टेरिया (Waste Dcomposer) मलको बीउ वितरण गरेको छ ।

आइतबार समूहकै कार्यालयमा ५ सय उपभोक्ताहरुलाई मल वितरण गरिएको हो । समूहले प्रतिउपभोक्ता एक लिटरका दरले मलको बीउ वितरण गरेको छ ।

‘आर्गानिक झोल मल प्रयोग गरौं, स्वास्थ्य रहौं, भावी सन्ततीको भविष्य सुरक्षित गरौ’ भन्ने नाराका साथ शुक्ष्म व्याक्टेरिया मलको निर्माण र प्रयोग सम्बन्धि आधारभुत प्रशिक्षणसमेत सिो अवस्थामा दिइएको समूहका अध्यक्ष सन्त राईले जानकारी दिनुभयो । रसायनिक मलका कारण बाली उत्पादनमा गिरावट आउँदै गएको, माटोमा मलको मात्रा बढ्दै गएको र उत्पादन क्षमतामा ह्रास आएकोले यस्तो मलको बीउ वितरण गरेको उहाँको भनाइ छ ।

अध्यक्ष राईका अनुसार उपभोक्ताहरुले यो बिउको जोर्डन प्रयोग गरेर आफूले चाहेको मात्रामा जुनसुकै समयमा सरल र सहज रुपमा मल तयार गर्न सक्नेछन् । जस्तोसुकै बालीमा पनि प्रयोग गर्न सकिने यसले मल, विषादी र ढुसीनासक औषधिको पनि काम गर्ने बताइएको छ ।

यसलाई पशुपंक्षी वा मानिसमा देखिएको चर्मरोगमा पनि प्रयोग गरे निको हुने समूहको दावी छ । माछापालक किसानले प्रयोग गरे आधा खर्चमा उत्पादन बढ्ने दावी गरिएको यो मलको फाइदा धेरै भएको समूहले जनाएको छ ।

रिजाल टासी इटहरीका निवृत्त प्राविधिक रञ्जनकुमार सिंहले मलको निर्माण र प्रयोग सम्बन्धि आधारभुत प्रशिक्षण दिनुभएको थियो । मलको निर्माण र प्रयोग सम्बन्धि पूर्ण ज्ञान लिन कम्तिमा तीन दिनको तालिम लिनुपर्ने उहाँको भनाइ छ ।

मङ्गलबार, २३ मंसिर, २०७७, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर