विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद दुई जना नयाँ मन्त्री थप गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
खालीको रहेको अर्थ मन्त्रालयमा नेकपा महासचिब विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ भने शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ र सिरहाका लिलानाथ श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्री नियुक्त गरिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्नुभएको छ ।
महिला तथा बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।