विराटनगर । आदिवासी जनजातिहरूको धर्म, संस्कृतिहरू जोगाउन भूमिको संरक्षण गरिनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा विराटनगरमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले आस्थाको रूपमा रहेको मठमन्दिरको भूमिको संरक्षणमा लाग्नुपर्ने जोड दिएका हुन् ।
पछिल्लो समय आस्थाको रूपमा रहेको आदिवासी जनजातिहरूको धार्मिक मठमन्दिरहरूले ओगटेको भूमि अतिक्रमण हुन थालेको भन्दै उनीहरूले यसको संरक्षणमा लाग्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी सचिब सावित्रा चेपाङ्गले धार्मिक आस्थाको रूपमा रहेको मठ, मन्दिहरूको संरक्षण गरि आफ्नो संस्कृतिको जेगेर्ना गरिन लाग्नुपर्ने बताउनुभयो ।
भूमि अधिकारले आफ्नो जमिनलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न आधार र उत्प्रेरणा दिनेछ । कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरले आदिवासी सामुदायहरूले संरक्षण गरेको जमिनमा अहिले तराइ मधेश हरियालाी अभियान अन्र्तगत वृक्षारोपण कार्यक्रम सुरू भएको जानकारी दिनुभयो ।
मोरङमा १ सय ३४ सामुदायिक वन, ४ वटा साझेदारी, १२ धार्मिक र ६ सय ४० वटा नीजि वन दर्ता छन् । समुदायहरूले संरक्षण गरेको वनहरूमा आदिवासी जनजातिहरूले आफ्नो परम्परागत संस्कार चलाउन कुनै रोकछेक छैन ।
कार्यक्रममा १ नं. प्रदेशको भूमि, कृषि तथा सहकारी मन्त्रालयका उपसचिब बलराम निरौलाले आदिवासी सामुदायहरूको आस्थाको केन्द्रमा रूपमा रहेको मठमन्दिर र भूमिहरूको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । भूमि सम्बन्धी ऐन आइनसक्दा अहिले काममा कठिनाइ भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र सुनवर्षी नगरपालिाकाकी उपप्रमुख मन्जु कुमारी राईले बोल्नुभएको थिययो । कार्यक्रममा मोरङ जिल्लाभरीका आदिवासी जनजाति महिला अगुवाहरूको सहभागिता रहेको सहजकर्ता राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कमला थापा मगरले बताउनुभयो ।