प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिबलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । चालकदेखि सबैको स्वाब संकलन गरिएकोमा चार जनाको पोजेटिभ आएको प्रेस सल्लाहकार थापाले जानकरी दिनुभयो । केही चालकहरुमा पनि संक्रमण देखिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीको भने परीक्षण भएको छैन । सचिवालयका चार जनालाई कोरोना देखिएपछि प्रधानमन्त्रीको पनि पिसिआर परीक्षण गर्ने तयारी भएको छ ।

शनिबार, १७ असोज, २०७७, दिउँसोको ०४:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर