विराटनगर । नेपाली कांग्रेस संसदीय दल, प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्कीको ममतामयी आमा ईश्वरी कार्कीको निधनप्रति काँग्रेस संसदीय दलले शोक व्यक्त गरेको छ ।
सचेतक कार्कीका आमाको असोज ७ गते निधन भएको थियो । २००८ साल भदौ १४ गते जन्मिनुभएकी उहाँको प्रदेशसभासदस्य कार्कीसहित दुई छोरा र एक छोरी छन् ।
काँग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईले एक शोक वक्तव्य जारी गर्दै यस दुखद क्षणमा शोकसंतप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।
शोक समवेदना
नेपाली कांग्रेस संसदीय दल, प्रदेश न.१ का प्रमुख सचेतक माननीय केदार कार्कीको ममतामयी आमा ईश्वरी कार्कीको मिति २०७७ साल असोज ७ गते भएको असामयिक निधनको खबरले नेपाली कांग्रेस संसदीय दल, प्रदेश न.१ अत्यन्तै मर्माहत भएको छ।स्व.कार्की २००८ साल भदौ १४ गतेका दिन जन्मिनु भई २०२३ साल फाल्गुन २३ गते प्रेमबहादुर कार्कीसंग विवाहबन्धनमा बाधिनुभएको थियोे।उहाँले दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको थियोे।श्रीमान प्रेमबहादुर कार्की,छोरा बुहारी दिपकराज कार्की तथा दीपा कार्की, केदार कार्की तथा शान्ता कार्की,छोरी प्रतिभा कार्की र नातिनातिनालाई यस सांसरिक मोहमै छाडिराखेर अनन्तमा ब्रम्हलिन हुनुभएकी स्वर्गीय आत्माको वैकुण्ठमा बास होस् भन्दै नेका संसदीय दल, प्रदेश न.१ चिरशान्तिको कामनासमेत गर्दछ। साथै यस दुखद क्षणमा शोकसंतप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस। पीडाको यस घडीमा नेका संसदीय दल पनि प्रमुख सचेतक कार्की र उहाँको परिवारको दुखको साथमै रहेको कुरा अवगत गराउछौ।
स्व. कार्की एक कुशल गृहिणी र असल आमा हुनुहुन्थ्यो।
शोकाकुल परिवारमा शोक समवेदना प्रकट गर्दै स्व. ईश्वरी कार्कीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।जयनेपाल।।
नेपाली कांग्रेस संसदीय दल, प्रदेश न.१ को तर्फबाट
माननीय सुयर्माराज राई (सचेतक)