विराटनगर । संखुवासभाको चैनपुर र मोरङको जहदामा दुई जनाको डुबेर मृत्यु भएको छ ।
चैनपुर ४ का ७६ वर्षीय बुद्विबहादुर लिम्बूको खोलामा डुबेर मृत्यु भएको हो । सोमबार साँझ चैनपुर बतासेबाट घरतर्फ आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको हो । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसैगरी मोरङको जहदा १ का १७ वर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । मंगलबार बिहान जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङको भनाइ छ ।