प्रदेश १ मा थप १६६ जनमा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ गएको २४ घण्टामा १६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला र १२ पुरुष, इटहरीमा ८ महिला र १२ पुरुष तथा रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगंगामा ८ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला र १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला तथा ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ । प्रदेशबाट मंगलबार ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।

प्रदेशमा मंगलबार १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको छ ।

मङ्गलबार, ०६ असोज, २०७७, दिउँसोको ०४:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर