विराट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षे महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कलेजोको समस्या लिएर भदौ ३० गते अस्पताल भर्ना हुनुभएकी ताप्लेजुङ्ग पाथिभरा याङवर १ की महिलामा कोरोना संक्रमण देखिएको थियो । आइसियु कक्षमा राखेर उपचार गर्ने क्रममा बिहान करिव ११ बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

सोमबार, ०५ असोज, २०७७, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर