विराटनगर । विश्व सरसफाइ दिवसको अवसरमा विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालो संस्थाले मन्दिर सरसफाइ गरेको छ ।
सो संस्थाले विराटनगर २ स्थित हनुमान मन्दिर परिसरमा भएका प्लास्टिकजन्य फोहोरको निर्मुलीकरण र व्यवस्थापन गरेर सरसफाइ दिवस मनाएको हो ।
विगत ६ महिनादेखि लक डाउन तथा यो महामारीको समयमा पनि राहत र खाद्यान्न वितरणमा सक्रिय संस्थाले यो पटक सरसफाइको कार्यक्रम गरेको अध्यक्ष विनोद चाहरले बताउनु भयो । सरसफाइको क्षेत्रमा काम गर्दै आएको सो संस्थामा वर्षा गजमेर, अमनजंग कार्की, किशोर दाहाल, राम पोखरेल, तुलसी घिमिरेलगायतको आवद्धता रहेको छ ।