विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले ५ लाख ?पैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम सञ्चालनको लागि अक्षयकोष खडा गर्न सो सहयोग गर्नुभएको हो ।
विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अ?णको ध्यान शिविर चलेका बेला आश्रम सञ्चालानार्थ अक्षयकोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गर्नुभएको हो ।
बस्नेतले ओशो सन्यासीमाझ भन्नुभयो “म पनि ध्यान र साधनासँग जोडिएको छु । आश्रमसँग मेरो पनि लगाव छ । आश्रममा ध्यानलगायतका गतिविधि गर्न थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले सहयोग गरेको हुँ ।” विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना कहरपछि पछि स्थगित रहेको छ ।