विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा थप ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला र ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला र ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।
प्रदेशबाट आइतबार ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९ जना, होम आईसोलेसनबाट ९ जना, वि.जनरल अस्पताल हरिनगरबाट १ जना र इनरुवा आईसोलेसनबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरानामुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेको छ ।
प्रदेशमा आइतबार ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख १५ हजार ५७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।