प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् भने कोरोनामुक्त भएर ७१ जना डिस्चार्ज भएका छन् ।

शनिबार मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला र ६ पुरुष, बुढीगंगामा ४ महिला र १ पुरुष, कटहरीमा ३ महिला र १ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला र ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ । प्रदेशबाट शनिबार ७१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन र कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ ।

प्रदेशमा शनिबार १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शनिबार, ०३ असोज, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर