प्रदेश १ मा १६६ संक्रमित थपिए, १९२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार १६६ कोरोना संक्रमित थपिएकोमा १९२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

शुक्रबार मोरङमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा थप ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २५ महिला र ३३ पुरुष छन् । मोरङको कटहरीमा ७ महिला र ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला र ३ पुरुष, जहदामा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिलार ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको ईटहरीमा ७ महिला र २५ पुरुष, बराहक्षेत्रमा २ महिला र १० पुरुष, धरानमा १ महिला र ८ पुरुष, इनरुवामा १ महिला र १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४३७ पुगेको छ ।
प्रदेशमा शुक्रबार १९२ जना डिस्चार्ज भएकामा होम आईसोलेसनबाट १२७, कोभिड १९ आईसोलेसन अस्पताल सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पताल झापाबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ । प्रदेशमा शुक्रबार ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

शुक्रबार, ०२ असोज, २०७७, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर