विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला र २२ पुरुष, इटहरीमा ७ महिला र १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहा नरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९ महिला र १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उता झापाको दमकमा १ महिला र ७ पुरुष, भद्रपुरमा २ महिला र ४ पुरुष, बा¥हदशीमा २ महिला र ३ पुरुष, मेचीनगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । प्रदेशबाट बुधबार ५२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट ९ जना, बैजनाथपुर आईसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल, गोगठाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र कालि सदन आईसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा डिचार्ज हुनेको संख्या २ हजार १९४ पुगेको छ । प्रदेशमा बुधबार १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।