प्रदेश १ मा ८७ संक्रमित थपिए, १५ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

मोरङको कटहरीमा २ महिला र १३ पुरुष, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष, इटहरीमा २, भोक्राहा नरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमल गाउँपालिकामा १ महिला र १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ मा सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।

प्रदेशमा सोमबार १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सोमबार, २९ भदौ, २०७७, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर