सक्रिय नेकपाः संक्रमितलाई सहायता, सडकमा मास्क वितरण

विराटनगर । नेकपा विराटनगर महानगरपालिका कमिटी कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा सचेतनामा सक्रियताका साथ लागिरहेको छ ।

विराटनगर महानगर समितिले संस्थागत निर्णय नै गरेर यसअघि कोरोना संक्रमितलाई घरघरमा स्वागत गर्दै हिंडेको नेकपाले होम आइसोलेसनमा बसेकाहरुलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई मास्क वितरण गर्ने, कोरोना संक्रमण रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको छ ।

यस्तै नेकपाले लकडाउनको समयमा पीडामा परेका मजदुर, गरिव तथा विपन्नलाई सहायता उपलब्ध गराउने काम पनि गर्दै आएको छ । यसअघि नेकपाले विभिन्न टोलटोलमा खाद्यान्न वितरण गरिसकेको छ । ‘अहिले पनि कोही सहायताका लागि अनुरोध गर्दै आए खाद्यान्न वितरणमा सहयोग गरिरहेका छौं,’ नेकपा विराटनगरका अध्यक्ष सागर थापाले भन्नुभयो, ‘अहिले हामीले मास्क वितरण गर्ने, आइसोलेसनमा बस्नेहरुका लागि सहायता उपलब्ध गराउने, उनीहरुको घर तथा कार्यालय सेनिटाइज गराउने, संक्रमितलाई सामाजिक सम्मान गर्ने काम गरिरहेका छौं ।’

नेकपाको विराटनगर महानगर कमिटीले आजदेखि होम आइसोलेसनमा बसेका सबैलाई सहायता प्रदान गर्ने र मास्क वितरण गर्ने कार्यको थालनी गरेको हो ।

नेकपाले आइसोलेसनको अभावमा घरैमा बसेर कोरोनाविरुद्धको संघर्ष गरिरहेका महानगरपालिकाका नागरिकहरुलाई घरैमा पुगेर सोधखोज गर्ने र जडिबुटीजन्य औषधीहरु वितरण गरिरहेको महानगर कमिटीका सचिव हेम कार्कीले बताउनु भयो ।

आइतबार वडा नम्बर ११ का कोरोना संक्रमितहरु मध्ये होम आइसोलेसनमा रहेका संक्रमित र उनीहरुका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, विस्कुट र गेडागुडीको प्याकेज प्रदान गरिएको छ । यस्तै विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले मास्क वितरण गरेका छन् ।

यस्तै हिंजो (शनिबार) विराटनगरको वडा नम्बर ३ मा वडा कमिटीसँगको समन्वयमा का ४८ घर परिवारमा अमृत चियासहितको प्याकेट प्रदान गरिएको छ ।

महानगरपालिकाको तथ्यांक अनुसार विराटनगरमा ९ सय ६९ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । उनीहरु मध्ये ९६ जनाले कोरोना परास्त गरेका छन् ।

बाँकी ८ सय ७३ जना घरैमा बसिरहेका छन् । पार्टीले कोरोना संक्रमित भइसकेर निको भएका र संक्रमण पश्चात होम आइसोलेसनमा बसेका सवैलाई भेट्ने कार्यक्रम बनाइएको अध्यक्ष थापाको भनाइ छ ।

राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग गर्नुभएको नेकपाले जनाएको छ ।

आइतबार, २८ भदौ, २०७७, साँझको ०६:३५ बजे

प्रतिक्रिया

  1. काम अत्यन्त सराहनीय छ । सामाग्री उपलब्ध गराउने र बितरणमा सहयाेग गर्ने सम्पूर्ण कमरेडहरूलाइरूई धन्यवाद । यदि अमृत चिया ,चेवनप्रास, मास्क, सानिटनइजरहरू यो सुनबषर्षीःः ३ मा पनि उपलब्घ गराइदिनसस्न कमरेडहरू । यहाँ पनि आवश्यक छ । स्र‍ोत छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर