घरभाडा मिनाहा गर्न महासंघको माग

विराटनगर । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बनेको कारण कडाउन र निषेधाज्ञा अवधिको घरभाडा मिनाहा गर्नुपर्ने महासंघको माग छ ।

‘लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ’, महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।

महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ । वि.स. २०७३ सालमा स्थापना भएको महासंघमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन् ।

मङ्गलबार, २३ भदौ, २०७७, दिउँसोको १२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर