विर्तामोड । फर्निचरका विभिन्न सामान बनाउन बाँसको प्रयोग त हुँदै आएको हो । तर, झापाका युवाहरुले भने बाँसबाट फर्निचारका समान मात्र होइन, लोभलाग्दो भाँडाकुँडा बनाउन थालेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–१ का तीन जना युवाले सञ्चालन गरेको उद्योगबाट बाँसका विभिन्न घरयासी सामग्रीहरु उत्पादन सुरु भएको छ ।
स्थानीय मनोज प्रसाई, गोकुल पौडेल र रोशन भट्टराईले स्थानीय स्तर पाइने बाँसको प्रयोगबाट पानी खाने बोत्तल, कप, गिलास, जगलगायतका सामग्रीहरु उत्पादन गरिरहेका छन् । बजारको मागअनुसार बाँसका अन्य विभिन्न सामग्रीहरुसमेत उत्पादन गर्दै लैजाने उनीहरुको योजना छ ।
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बेला बाँसका उत्पादन वातावरणमैत्री रहेको उद्योग सञ्चालक मनोजको भनाइ छ । दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु बाँसकै बन्नसक्ने उहाँको भनाइ छ ।
पछिल्लो समय खुलेका विभिन्न होम स्टे र होटल रेन्टुरेन्टहरुमा घरेलु सामग्रीहरु प्रयोग हुन थालेको देखेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बाँसबाट बन्ने सामग्रीहरु त्यस्ता ठाउँहरुमा पुर्याएर बजारीकरण गरिने सञ्चालक रोशन भट्टराईले बताउनुभयो।
स्थानीय युवाहरुको पहललाई साथ दिने बुद्धशान्ति गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले स्थानीय तथा केन्द्रीय सरकारको समन्वयमा यस्ता नेपाली हस्तकलाका उत्पादनहरु विश्वबजारसम्म लैजान सकिने बताउनुभयो ।
Malai man paryo kaha kinna pauxa
kaha pauxa
Price please where is market