मलको ठेकेदार र रेल्वेका हाकिमलाई कार्वाही गर्ने विप्लबको चेतावनी

काठमाडौं । भूमिगत विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल आपूर्तीमा लापर्वाही गर्ने ठेकेदार र कमिसनमा चक्करमा रेल्वेको ठेक्का लगाउने हाकिमलाई कार्वाहीको चेतावनी दिएको छ ।

विप्लब समूहको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्डं) ले एक विज्ञप्ति जारी गर्दै मलको ठेकदार र रेल्वेको ठेक्का लगाउनेलाई कारबाहीको चेतावनी दिनुभएको हो ।

काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरिएको भन्दै सो पार्टीले ठेक्का लगाउने रेल विभागका हाकिम र ठेकदारलाई कार्वाहीको चेतावनी दिएको छ । सरकारलाई उनीहरुमाथि कारवाही गर्न माग गर्दै पार्टीले सरकारले कार्वाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

पार्टीले किसानलाई आवश्यक परेको बेला मल आपूर्ती नगर्ने ठेकेदारलाई पनि कार्वाहाीको माग गरेको छ । किसानहरु मल अभावले छटपटाइरहेको भन्दै वक्तव्यमा वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई ठेक्का दिनु नै चरम लापर्वाही भएको जनाइएको छ । निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनीलाई मल आपूर्तीको ठेक्का दिनु नै बद्नियत भएको विज्ञप्तिमा जनाइएको छ ।

ठेकदारले मल आपूर्ति नगर्दा लाखौंलाख किसानको धान बाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार रमिते बनेको भन्दै पार्टीले अक्षम्य अपराध गर्ने दोषीलाई कार्पाही गर्न माग गरेको हो । यस्तै पूर्वपश्चिम रेलमार्गको परियोजनाका नाममा काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी तधथा प्राविधिक एवं आर्थिक मूल्यांकनविनै लगाएर कमिसनको खेल भएको पार्टीको भनाइ छ ।

रज्यको कानुनविपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिण्डिकेटधारी ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेलमा रेल्वेको ठेक्का लगाउँदा पनि सरकार रमिते बनेको पार्टीले जनाएको छ । वाइडबडी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा पार्टीले जनाएको छ ।

रेल विभागका महानिर्देशक र ठेकदार गिरोहलाई सरकारले तुरुन्तै कारवाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

आइतबार, २१ भदौ, २०७७, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर