विराटनगर । केहीदिन यता घटिरहेको कोरोना संक्रमितको संख्या विराटनगरमा भने आज एक्कासी बढेको छ ।
सामाजिक विकास मन्त्रालयले आज (बुधबार) सार्वजनिक गरेको पीसीआर रिपोर्ट अनुसार विराटनगरमा ४४ जना संक्रमित थपिँदा इटहरीमा ५८ जना थपिए । यसको अर्थ कोरोना संक्रमण कम हुनुको साटो बढीरहेको छ । हिंजो सार्वजनिक रिपोर्ट अनुसार विराटनगरमा १० जना मात्रै संक्रमित देखिएका थिए भने इटहरीमा २१ जनामा कोरोना देखिएको थियो ।
प्रदेश १ सामाजिक मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै मोरङ विराटनगरमा २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।