अशक्त वृद्धलाई लायन्सद्वारा व्हीलचियर वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८, मिलनचौक निवासी अशक्त वृद्धलाई निजका घरमै पुगेर लायन्स क्लब अफ पथरीले व्हीलचियर हस्तान्तरण गरेको छ ।

८४ वर्षीय खडानन्द दाहालले विगत दुइटा वर्षयता दुबै खुट्टाको सहारा गुमाउनुभएको थियो । हेर्दा सारसुहाउँदो देखिए पनि खुट्टाका नशाले काम नगरेपछि उहाँ ओछ्यानमा पर्नुभएको परिवारले जनाएको छ ।

लायन्स क्लवका एरिया कोअर्डिनेटर तुलसीराम ढकाल, जोन चेयरपर्सन रोशन बुढाथोकी, पथरीका प्रेसिडेन्ट उपेन्द्र कँडेल, पथरी योङ हर्ट प्रेसिडेन्ट प्रदीप फूयाँल, पथरी शनिश्चरे प्रेसिडेन्ट देवी राई, भाइस–प्रेसिडेन्ट भगवति कटवाल, भाइस–प्रेसिडेन्ट प्रकाशबहादुर कार्की, भाइस प्रेसिडेन्ट गोमा पौडेल बुढाथोकी, भाइस प्रेसिडेन्ट गणेशकुमार बछाना राई, सचिव भगवतचन्द्र थपलियाको उपस्थितिमा उहाँलाई व्हीलचियर हस्तान्तरण गरिएको हो ।

लायन लिडर रोशन बुढाथोकीले लायन्स क्लबले नैतिकवान जीवन निर्माणको क्षेत्रलगायत दीर्घरोग, मधुमेह, हङगर रिलिफ, वातावरण निर्माण, दृष्टि निर्माण र क्यान्सर निवारणको क्षेत्रमा देशभर उल्लेख्य ढंगले काम गरेको बताउनुभयो ।

हस्तान्तरित व्हीलचियरले खडानन्द दाहाललाई मात्र होइन नभएर उहाँको परिवारजन, सम्बन्धित समाजमा समेत परस्परमा सेवाभाव जागृत हुने उहाँको भनाइ छ ।

नितान्त सामाजिक सेवामुखी लायन्स क्लबले अशक्त वृद्धलाई हिंडडुल गर्न सक्ने आधार तयार गरिदिएको स्थानीय युवराज बास्कोटाको भनाइ छ ।

आइतबार, ३२ साउन, २०७७, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर