काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा कार्यदल बनाउने सहमति भएको हो ।
कार्यदलमा महासचिव विष्णु पौडेलसहित नेताहरु जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलमा दुबै अध्यक्ष र नेता माधबकुमार नेपाल निकट रहेका २/२ नेता रहेका छन् ।
कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ।