होम आइशोलेसनमा रहेकाहरुलाई स्वास्थ्य सामग्री तथा घरेलु औषधि वितरण

विराटनगर । नेकपा विराटनगर महानगर शाखा कमिटी वडा नं. ८ ले बुधबार सङ्क्रमित भएर होम आइशोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ ।

कमिटीले होम आईशोसनमा रहेकाहरुलाई घरमै पुगेर स्यानिटाईजर, मास्क र पञ्जा लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो । कमिटीले कोरोना परास्त गर्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्ने बिषयलाई ध्यानमा राख्दै आयुर्वेदिक औषधीको रुपमा गुर्जो, दालचिनी, अदुवा र बेसार लगायतका सामाग्री समेत वितरण गरेको छ । यस्तै संक्रमित बसेको घरलाई निर्मलीकरण समेत गरिएको वडा कमिटीका अध्यक्ष राम पोखरेलले बताउनुभयो ।

हाल विराटनगर–८ मा भने १७ जना कोरोना संक्रमितहरु होम आईशोलेसनमा रहेका छन् ।

बिहिबार, २९ साउन, २०७७, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर