लगानी बोर्डका सिइओ भट्टलाई पद बहाल नगर्न अदालतको आदेश

विराटनगर । उच्च अदालत पाटनले सरकारले लगानी बोर्डको कार्यकारी प्रमुख नियुक्त गरेका सुशील भट्टलाई तत्काल पद बहाल नगर्ने अन्तरिम आदेश जारी गरेको छ ।

सरकारका नाममा अल्पकालिन आदेश जारी गर्दै सिईओमा नियुक्त भट्टलाई पदमा बहाल नगर्न र कामकाजमा नलगाउन सरकारका अदालतले आज आदेश गरेको हो ।

पााटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सिइओको हैसियतले काम नगर्न भट्टको नाममासमेत आदेश गरेको छ ।

अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सिईओ हुने न्यूनतम योग्यता र अनुभव नभएको भन्दै नियुक्ति खारेजको माग गर्दै रिट निवेदन दर्ता गर्नुभएको थियो । दायर रिटमा सुनुवाई गर्दै अदालतले दुवै पक्षबीच छलफलपछि निर्णय दिनुपर्ने भन्दै दुवै पक्षलाई आइतबार अदालतमा उपस्थित हुन भनेको छ ।

उच्च अदालतले उच्च अदालत पाटनले यो मुद्दामा अदालतको सहयोगी (एमिकस क्यूरी)को रुपमा दुईजना वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई उपस्थित गराउन उच्च अदालत बार एसोसिएसन पाटनलाई पनि आदेश गरेको छ ।

मङ्गलबार, २७ साउन, २०७७, साँझको ०५:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर