विराटनगर । प्रदेश १ मा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष र १ महिला, पथरीशनिश्चरेका १ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी सुनसरीको धरानका ७ पुरुष र २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष र १ महिला, कमल गाउँपालिकाका १ पुरुष तथा धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ ।
प्रदेश १ बाट सोमबार ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ ।
प्रदेश १ मा सोमबार १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर गरिएकामध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।