विराटनगर । लायन्स क्लव अफ बुढीगंगा एक्टिभद्वारा अन्तरास्ट्रिय आमा बुवा दिवसको अवसरमा वृद्धालाई फलफूल तथा अन्य खाना बितरण गरिएको छ ।
जागृति महिला वृद्ध आश्रममा र पुष्प लाल चोकमा वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको हो । लायन नारायण कटुवालको संयोजकत्वमा आयोजित कार्यक्रममा ५० जना वृद्धवृद्धा सहभागी थिए ।
यसअघि उक्त क्लवले बुढीगंगा मोरङका विभिन्न स्थानमा ट्राफिक प्रहरीलाई सर्जिकल मास्क तथा ग्लोव्स र एन ९५ मास्क हस्तान्तरण गरेको थियो ।