विराटनगर । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको छ ।
मंगलबारसम्म प्रतितोलो ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन १३ सय बढेर ९४ हजार पुगेको हो । विराटनगरमा प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको सुन चाँदी व्यवसायी संघले जनाएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैंया पुगेको छ । चाँदीको मूल्य पनि बुधबार प्रतितोला ९५ रुपैयाँको दरले बढेको छ । चाँदीको प्रतितोला मूल्य १ हजार १३५ रुपैंया पुगेको छ ।