विराटनगर । कोशी अस्पताल विराटनगरमा शूल्क तिरेर परीक्षण गर्न पाउने भएपछि कोरोना परीक्षण गराउनेको संख्या बढेको छ ।
संक्रमण नभएको प्रमाण जुटाउनकै निमित्त कोशी अस्पतालमा शूल्क तिरेर पीसीआर परीक्षण गराउने सर्वसाधारणको संख्या दैनिक रुपमा बढ्न थालेको हो । असार ३० गतेदेखि अस्पतालले परीक्षण सेवा सुरु गरेको र एक साताको अवधिमा ३१ जनाले शूल्क तिरेरै परीक्षण गराएका छन् ।
विशेषगरी काठमाण्डौ प्रवेश गर्न र कतिपय घरबेटीले कोरोना भाइरस संक्रमण नभएको प्रमाण ल्याउन भनेपछि सर्वसाधारणहरुले शूल्क तिरेरै परीक्षण गराएका हुन् ।
कोरोना भाइरस संक्रमणको सम्भवित व्यक्तिहरुको परीक्षण सरकारले गर्दै आएको भएपनि व्यक्तिगत प्रयोजनका लागि भने व्यक्तिले नै खर्च गर्नुपर्ने गरी सरकारले नयाँ व्यवस्था गरेको थियो ।
कोशी अस्पतालले प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ लिएर कोरोना परीक्षण सेवा दिन थालेको हो । कोशीले आङनै प्रयोगशालामा पीसीआर मेसिन स्थापना गरेर सेवा दिइरहेको सूचना अधिकृत बिष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेहरुले पनि अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने भएकोले परीक्षण गराउनेको संख्या बढ्दै गएको हो ।