सुर्य नेपालद्धारा कोरोना जनसुरक्षा कोषमा १ करोड सहयोग

विराटनगर । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा. लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा रु. १ करोड सहयोग उपलब्ध गराएको छ ।

सुर्य नेपालले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकारलाई योगदान पुर्याउन सहयोग उपलब्ध गराएको हो । सुर्य नेपाल प्रा. लि का तर्फबाट कम्पनीका भाईस पे्रसिडेन्ट रवि केसीले शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई चेक हस्तान्तरण गर्नुभयो ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणमा प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यका साथ कम्पनीले नेपालका ७ वटै प्रदेशलाई रु. १ करोडका दरले कुल ७ करोड सहयोग उपलब्ध गराएको छ ।

सूर्य नेपाल प्रा.लि.ले भने आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरुमा प्रदेश सरकारलाई आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।

शुक्रबार, ०२ साउन, २०७७, दिउँसोको ०४:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर