विराटनगर । केहीदिन यता जारी भारी बर्षाका कारण झापाको टाङटिङ खोलामा आएको बाढीमा परि एक जनाको ज्यान गएको छ ।
खोलाले बगाएर ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय फत्ते बहादुर बस्नेत रहेका छन । बुधबार दिउँसो साढे ५ बजे बजारबाट किनमेल गरि घर फर्कदा खोला तर्ने क्रममा उनी एक्कासी खोलामा झरेका थिए । खोलाले बगाएपछि घटनास्थलदेखि ६०० मिटर तल मृत्तकको शव भेटिएको स्थानीय अनारमनी प्रहरी चौकीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।