तरुण दलका नेता नेकपा प्रवेश

विराटगनर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा ठूलो संख्यामा युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

कानेपोखरी गाउँपालिकामा बुधबार आयोजित कार्यक्रममा नेपाल तरुण दल मोरङ जिल्ला समितिका सदस्य विशु राईको नेतृत्वमा १४० बढी युवाहरु नेकपा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा युवा नेता राईले नेपाली काग्रेंसले देश र जनताको पक्षमा काम नगर्ने ठहर गरेर राष्ट्रको पक्षमा काम गरिरहेको नेकपामा प्रवेश गरेको बताउनुभयो । उहाँले नेपाली राष्ट्रिय स्वाभिमानको रक्षा नेकपाले मात्र गर्न सक्ने पनि बताउनुभयो ।

प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले युवाहरु प्रगतिशिल र परिवर्तनकारी हुनुपर्ने बताउनुभयो । युवाहरु सिर्जनामा लाग्नुपर्ने र राष्ट्रको उन्नतिमा युवाहरुले कर्मीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेकपा कानेपोखरी गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा मोरङका सचिवालय सदस्य गीता तिम्सिना, राजेन्द्र मण्डल, राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल, इन्चार्ज इश्वरी आचार्य, अशोक दाहाल लगायतको उपस्थिति थियो ।

बिहिबार, ०१ साउन, २०७७, दिउँसोको ०२:०४ बजे

प्रतिक्रिया

  1. सहि र सत्य समचार सम्प्रेषण गराै नत्र पत्रकार र पत्रकारिता माथिकाे बिश्वासनियता माथि प्रश्न चिन्ह लाग्न सक्छ।

प्रतिक्रिया:

सम्बन्धित खवर