सुन मुद्दाका अभियुक्तालाई केरोनाको शंकाभएपछि अदालतमा भागाभाग

विराटनगर २९ असार  । यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपीलाई काठमाण्डौ हुँदै आवश्यक कारवाहीको लागि आइतबार राति विराटनगर ल्याइयो । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ४ का हरिशरण खड्कालाई स्वास्थ्य परीक्षण नगरी मोरङ प्रहरीले सोमबार आवश्यक कारवाहीको लागि मोरङ अदालतमा लगियो । अभियुक्तलाई कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट भएमात्र अदालत लैजानुपर्ने थियो । तर प्रहरीले रिपोर्ट नै नआई अभियुक्तलाई सोझै अदालत पुर्यायो ।

अदालतमा बसिरहेकै बेला खड्काको आरडिटी रिपोर्ट अस्पतालले सोझै अदालतमा पठायो । उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै अदालतका कर्मचारीहरु भाग्नथाले । अस्पतालको रिपोर्टकै कारण अदालतको काम दुई घण्टा बन्द भएको जिल्ला अदालत लगतै अभियुक्त खड्कालाई अदालतबाट बाहिर निकालेर फेरी कोशी अस्पतालमा लगियो । त्यसपछि अदालत परिसरलाई सेनिटाइज गरियो । अनिमात्र अदालतको काम सुचारु भयो ।

कोशी अस्पतालमा लगेपछि खड्काको स्वाब संकलन गरियो र पिसिआर परीक्षणका लागि पठाइयो । पीसीआर रिपोर्ट सोमबार साँझ नै आयो । धन्न उनमा कोरोना पोजेटिभ देखिएन । प्रतिवादी खड्काको आरडिटी रिपोर्टमा पोजेटीभ आएपनि समय अभावका कारण खड्काको थुनछेकको बहस भने सोमबार हुन सकेन । दिनभर परीक्षणमै समय बित्यो । अभियुक्त खड्को थुनछेकको बहस मंगलबार हुने मोरङ अदालतको श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो ।

खड्का २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको थियो ।

आपराधिक समूह स्थापना, संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा मोरङ अदालतमा अहिले बिचारधीन छ । सोही मुद्दाका फरार प्रतिवादी हुन् खड्का ।

काभ्रे घर भएका खड्का एक दशकदेखि यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीको धन्दामा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले नेपालमा सुन तस्करी गरिरहेको उच्चस्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।

मङ्गलबार, ३० असार, २०७७, बिहानको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर