बेसिन्दाको पहिरोमा परी वेपत्ता ११ जनाको नाम सार्वजनिक

उद्धारमा खटिएका मदन राईको ज्यान गयो

विराटनगर । संखुवासभा सिलिचुङ–१ बेसिन्दामा गएको पहिरोले घर बगाउँदा वेपत्ता हुनेहरु ११ जनाकै नाम सार्वजनिक भएको छ ।

वेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्तीकुमारी कुलुङ, एन्जिला कुलुङ, नम्रता कुलुङ, गौरिमाया कुलुङ, प्रकृति कुलुङ, जुद्धबहादुर कुलुङ, उत्तरकुमारी कुलुङ, नजमाया कुलुङ, हर्कधन कुलुङ र आइतमाया कुलुङ रहेका छन् । यस्तै उद्धारमा खटिने क्रममा स्थानीय मदन राईको मृत्यु भएको सिलिचुङ गाउँपालिका नेकपाका अध्यक्ष हस्तमान रार्इले जानकारी दिनुभएको छ ।

पहिरोले राममान कुलुङ, जुद्धबहादुर कुलुङ, नजमाया कुलुङ, सन्दीप कुलुङ, जुद्धबहादुर बलाखाम, भीम बहादुर कुलुङ, शुभधन कुलुङ र हर्कधन कुलुङको घर बगाएको उहाँको भनाइ छ ।

घटनास्थलमा भर्खरै प्रहरी पुगेको त्यहाँस्थित स्थानीय अदल किराँतीले जानकारी दिनुभयो । यस्तै संखुवासभाको होयेन्लाबाट गएको पहिरोले स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ । चेपचेवामा झोलुङ्गो पुल बगाएको छ ।

यस्तै तेन्छोङ, याङ्सिम्मा, गोगनेलगायतका अन्य गाउँ वस्तीमा समेत उच्च जोखिम रहेकोले त्यहाका सम्पूर्ण समुदायलाई सुरक्षित स्थानमा उद्धार गरी स्थान्तरण गर्नुपर्नेमा स्थानीयले माग गरेका छन् ।

आइतबार, २८ असार, २०७७, बिहानको ११:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर