विराटनगर । उदयपुरको त्रियुगा खोलामा आएको बाढीले बिजुलीको खम्बा ढलेपछि प्रदेश १ का तीन जिल्लामा विद्युत आपुर्ती बन्द भएको छ ।
गाइघाट दिक्तेल ३३ केभी प्रशारण लाइनको दुई ओटा पोल ढलेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा शनिबारदेखि विद्युत आपुर्ति बन्द भएको हो । विद्युत आपुर्ति बन्द भएपछि हजारौं उपभोक्ता विद्युत सेवाबाट बञ्चित भएका छन् ।
खोलामा बाढी नियन्त्रण नभएकोले मर्मत कार्य अघि बढाउन नसकेको र ममैतका लागि केही दिन लाग्नसक्ने पाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताउनुभएको छ ।