विराटनगर । प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले नेपाल सरकारले सुरु गरेको तिनजुरेको भ्यु टावर निमार्णका लागी प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कुनै किसिमको बजेट विनियोजन नगरेको बताउनुभएको छ ।
प्रदेश विनियोजन विद्येयक २०७७ मा निर्दिष्ट गरि राखिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरुद्धारा उठाईएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सम्बन्धित ३ जिल्लाहरुको विवादका कारण बजेट विनियोजन नगरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘माननीय ज्युहरुलाई थाहा होला, भ्यु टावर निमार्णमा सम्बन्धित ३ जिल्लाको विवादका कारण आगामी आर्थिक बर्ष २०७७/०७८ मा प्रदेशले कुनै बजेट विनियोजन गरेको छैन ।’
त्यस्ते मन्त्री कुशियैतले मन्त्रालयद्धारा उद्योग, पर्यटन, वन तथा वातावरण, विज्ञान तथा प्रविद्यि, भु–संरक्षण र जैविक विविद्यता सहितका ६ वटा क्षेत्रहरुमा काम भईरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको निति तथा कार्यक्रम, आवद्यिक योजना र मध्यकालीन खर्च संरचना सहित चालु आर्थिक बर्ष कोभिड–१९ का कारण सम्पन्न नभएका कार्यक्रम तथा योजनालाई मध्यनजर गरि आगामी आर्थिक बर्षको कार्यक्रम तथा बजेट ल्याईएको जानकारी गराउनुभयो ।
सांसदहरुद्धारा योजना तथा कार्यक्रमले पर्यटनका व्यापक क्षेत्रलाई सम्बोद्यन गर्न नसकेको भनी उठाईएको जिज्ञासाका सम्बन्धमा जवाफ दिनुहुँदै मन्त्री कुशियैतले आगामी आर्थिक बर्षको योजना तथा कार्यक्रमले पर्यटनको व्यापक सम्भावना भएका पाटी, पौवा, पार्क, झर्ना, तालतलैया, धार्मिक स्थल, पयर्टक पदमार्ग र विभिन्न जातजाति तथा धर्मसंस्कार लगायतका प्राकृतिक महत्वको क्षेत्रलाई समेटेको स्पष्ट पार्नुभयो ।
त्यस्तै बैठकको शुन्य समयमा बोल्नुहुँदै नेपाली कांगे्रसका प्रमुख सचेतक केदार कार्कीले सुनसरी घर भई पाकिस्तानबाट अध्ययन सकेर भर्खरै फर्किएका एक डाक्टरको विराटनगरमा उपचार सम्भव नभएर धरान पठाईएको बिषय आपत्तिजनक रहेको बताउनुभयो ।
उहाँले विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहनुभएका डाक्टरको फोक्सोमा समस्या देखिएको जिकिर गर्दै उहाँलाई श्वासप्रश्वास गर्न गाह्रो हुँदाहुँदै पनि अस्पतालले ध्यान नदिई धरान रेफर गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विराटनगरबाट रेफर भएर धरान जानुभएका सबै डाक्टरहरुको जानकारी सङकलन गरिे यथाशीघ्र उहाँहरुको उपचारको प्रबन्ध मिलाईयोस, अन्यथा खोकेर तर्साउने र झुक्याउने काम सरकारले बन्द गरोस ।’
त्यस्तै शुन्य समयमा बोल्नुहुँदै सांसद पदम कुमारी गुरुङले नेपालको अधिकांश जिल्लाहरुमा गुठी समस्या अझै पनि विद्यमान रहेको भन्दै सो को समाधानका लागी प्रदेश सरकारले चासो देखाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले नेपालको संविद्यान बमोजिम प्रदेश सरकारलाई पनि आवश्यक कानुन बनाएर गुठी समस्या हल गर्ने अधिकार रहेकाले गुठी जग्गालाई रहीकरमा परिणत गरि उक्त जग्गामा बसोबास गर्नेलाई लालपुर्जा उपलब्ध गराउन सरकार समक्ष आग्रह गर्नुभयो ।
त्यस्तै सांसद राजकुमार ओझाले पुर्वाञ्चल विश्वविद्यालयमा निमार्ण गरिएको कोभिड–१९ आईशोलेसन वार्डमा न्युनतम पुर्वाधारहरु समेत नरहेको भन्दै आवश्यक पुर्वाधारहरु जुटाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त अस्पतालसम्म पुग्ने बाटो पनि अस्तव्यस्त अवस्थामा रहेको हुँदा भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत आवश्यक बजेट विनियोजन गरि सो कोे स्तरोन्नति र विकासका लागी लागी प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
त्यस्तै सांसद हिराकुमार थापाले कृषिप्रधान मुलुक नेपालमा पनि मलको अभावका कारण किसानहरु मर्कामा परेको बताउनुहुँदै मलबिउको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा भने प्रदेश विनियोजन विद्येयक मा निर्दिष्ट गरि राखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित शीर्षक माथिको छलफललाई निरन्तरता दिईएको थियो ।