कोशीमा पानीको वहाव बढ्यो, २६ वटा ढोका खोलियो

विराटनगर । तीनदिन देखिको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

अहिले तराई तथा पूर्वी पहाडी क्षेत्रमा भारी मात्रामा वर्षा भइरहेको छ । आज मध्याह्न १२ः०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको छ । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ ।

हिंजो बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ः०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो । आज बिहान ९ः ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो ।

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनु भयो ।

– रासस

शुक्रबार, १२ असार, २०७७, दिउँसोको ०२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर