२ लाख रुपैयाँ भारतीय नोटसहित महिला पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख रुपैयाँ भारतीय नोटसहित १ जना महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिंजो साँझ पौने ५ बजे बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको ४ सय भारतीय नोट सहित पक्राउ गरेको हो ।

भारतीय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शुक्रबार, १२ असार, २०७७, दिउँसोको ०२:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर