मिक्लाजुङ्गको बजेट ४९ करोड २३ लाख

उर्लाबारी । मोरङको मिक्लाजुङ्ग गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ लागि ४९ करोड २३ लाख ४ हजार रुपैयाँ बरावरको बरावरको बजेट सार्वजनिक गरेको छ ।

छैटौं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सरला राईले सो बजेट प्रस्तुत गर्नुभएको हो ।

कूल बजेटमध्ये संघीय वित्तीय समानिकरण अनुदानबापत १० करोड ९४ लाख, राजस्व बाँडफाड ८ करोड १३ हजार ९ सय १४, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान ७१ लाख ७६ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडतर्फ सवारी साधन करबाट राजस्व ४६ लाख ८८ हजार र आन्तरिक आयस्रोत अनुमानित रकम ७ करोड १६ लाख २ हजार ८६, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान २० करोड ७६ लाख र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान १ करोड १८ लाख ४ हजार रुपैयाँ बराबरको आय अनुमान प्रस्तुत गरिएको छ ।

यसवर्षको नीति तथा कार्यक्रमहरुमा गाउँपालिकाले कोभिड १९ बाट सिर्जित भएको र हुनसक्ने संकटको व्यवस्थापन, कृषिमा व्यवसायिकीकरण, साथै उत्पादनमा आधारित अनुदान, भौतिक पूर्वाधार नीति, वातावरण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, विद्युत तथा बैकल्पिक उर्जालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै आर्थिक प्रशासन तथा राजस्व परिचालन, शिक्षा, युवा खेलकुद तथा स्वरोजगार, स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशु पन्छी विकास, भूमि तथा जलस्रोत, सहकारी गरिबी न्यूनीकरण तथा उद्यमशिलता, पर्यटन तथा संस्कृति, सुशासन तथा संस्थागत क्षमता विकास, साझेदार निकायहरुसँग सहकार्य, रोग, खानी तथा खनिज र लक्षित समूह विकासलगायतका नीति तथा कार्यक्रमहरु रहेका छन् ।

बिहिबार, ११ असार, २०७७, रातीको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर