विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तर्राष्ट्रिय स्तरको औद्योगीक प्रदर्शनी स्थल सम्बन्धमा साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग संगठन मोरङले ९५ वर्षका लागि लिजमा लिएको जग्गामा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलको निर्माण गर्न व्यापार संघको समेत साझेदारी र सहभागिता हुने भएको छ ।
उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योगी÷व्यवसायीले लामो समयदेखि प्रदर्शनी स्थलको अभाव भोग्दै आएको कुरालाई मनन् गर्दै स्थाई रुपमा प्रदर्शनी स्थल निर्माण गर्न व्यापार संघसँग साझेदारी गरेको बताउनुभयो । संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगीक व्यवसायीक क्षेत्रको विकासका लागी दुवै संस्थाबीच भएको समझदारी अगामी दिनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष सुशिल कुमार धनावत, उद्योग संगठन मोरंगका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय र मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष पवन सारडा, मोरंग व्यापार संघ पूर्व अध्यक्ष महेश जाजु, पूर्व अध्यक्ष शंकरलाल अग्रवाललगायतले बोल्नुभएको थियो ।