विराटनगर । बुधबार, बिहीबार र शुक्रबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी तथा मध्य नेपाली भूभागमा मनसुनी वायु सक्रिय रहेकोले प्रदेश १ र २ का अधिकांश भागमा मध्यम तथा भारी वर्षा हुने अनुमान गरिएको छ ।
पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण बुधबार देशै भरी वर्षाको सम्भावना रहेको बताइएको छ ।
पूर्वी नेपालमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले नदीहरुमा बाढी आउने, पहिरो जाने जस्ता अवस्था आउनसक्ने भन्दै सचेत रहन पनि महाशाखाले आग्रह गरेको छ ।