विराटनगर । सोमबार प्रदेश १ मा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय नजिक पुगेको छ ।
सोमबार मोरङका २२ जना, सुनसरीका ३ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ९७ पुगेको हो ।
सुनसरीको बराहक्षेत्रमा १ महिला, १ पुरुष र बर्जुमा १ पुरुषमा संक्रमण देखिएको प्रदेश सरकारले जनाएको छ । यसैगरी झापाको मेचीनगरमा १ पुरुष, मोरङको केराबारीमा १ महिला, सुनवर्षीमा २ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमितमध्ये सोमबार विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट १ महिला र ७ पुरुष डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरंग र २ जना संखुवासभाका रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ७४ पुगेको छ । योसँगै प्रदेशबाट डिस्चार्ज हुनेको संख्या १७४ पुगेको छ ।
सोमबारसम्म प्रदेशमा पिसिआर बिधिबाट १५ हजार ९१५ जनाको कोरोना परीक्षण भएको छ भने आरडिटी बिधिबाट १५ हजार ७३५ जनाको परीक्षण भएको छ ।