कोभिड–१९ उपचार केन्द्रलाई सरुवा रोग उपचार र अनुसन्धान केन्द्र बनाउन ५० करोड

मोरङको उर्लाबारीमा रहेको मंगबलारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रुपमा विकास गर्न बजेट विनियोजन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ ।

प्रदेश १ सरकारको आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तव्यका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले यस्तो घोषणा गर्नुभएको हो ।

त्यसका लागि आवश्यक औषधी र उपकरण खरिदका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै मोरङको उर्लाबारीमा रहेको मंगबलारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बक्तव्यका क्रममा उल्लेख छ ।

सोमबार, ०१ असार, २०७७, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर